स्थानीय तह सहिद स्मृति गोल्डकप : उपाधिका लागि मकवानपुर-११ र आर्मी भिड्दै

लोकखबर
७ चैत्र २०७७, शनिबार ०६:१८

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्टिय फुटबल प्रतियोगिताको फाईनल खेल आज शनिबार हुँदैछ ।

हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा दिउशो २ बजे उपाधीको घरेलु टोली मकवानपुर ११ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा दुवै टोलीले आफूले जित्ने दाबी गरेका छन् । ‘प्रतिष्पर्धी टिम पनि बलियो छ । तर पनि प्रतियोगितामा हामीले जित्छौं भन्नेमा आत्मविश्वास छ ।’ आर्मीको म्यानेजर चुन बहादुर थापाले भने । आफूहरु प्रतियोगिताको उपाधि जित्ने गरी खेल्ने तयारीमा रहेको उनले बताए । ‘हेटौंडाको दर्शकको मन जितेर ट्रफी लैजान चाहान्छौं ।’ उनले भने ।

यस्तै, घरेलु टोली मकवानपुर ११ का म्यानेजर युवराज लामाले आफूहरु घरेलु टोली भएकाले प्रतियोगिताको उपाधि जित्ने मनोबल उच्च भएको बताए । आफूहरु ए डिभिजन लिगको विजेता मछिन्द्रसँगको जितले फाईनल खेल जित्न उत्साहित बनाएको उनको भनाई छ ।

जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

प्रतियोगिताका लागि मकवानपुरको दश वटै स्थानीय तहले प्रायोजन गरेका हुन् । प्रतियोगितामा मकवानपुर, हेटौंडाको एक, एक अन्तराष्ट्रिय सहित दश वटा टोलीले भाग लिएका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*