गोल्डकप उपाधि आर्मीलाई

लोकखबर
२०७७ चैत्र ८, आईतवार ०६:०९

मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ ।

हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज शनिबार भएको फाइनल खेलमा आयोजक टोली साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीका लागि खेलको ३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरेका हुन् । आर्मीलाई जित दिलाउनका लागि उत्कृष्ट खेल प्रर्दशन गर्ने टेकबहादुर बुढाथोकी म्यानअफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैंया समेत प्राप्त गरे ।
उपाधि विजेता आर्मीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता मकवानपुर–११ ले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुर–११ का अमिर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रन्जन विष्ट, वेस्ट डिफेन्डरमा आर्मीका दीपक गुरुङ, वेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ आङ्दाम्बे, गोलरक्षकमा उपविजेता टोलीका विवश चौधरी र आर्मीकै नवीन न्यौपाने वेष्ट कोच भएका छन् । प्रतियोगितामा विधागत उत्कृष्ट हुनेले २५–२५ हजार सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

मकवानपुरको एक, अन्तराष्ट्रिय एक सहित दश वटा टिमले भाग लिएको गोल्डकपको विजेता र उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेपा, बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनिया,हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको