न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ५ जना सदस्य नियुक्त
मकवानपुर । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँचजना सदस्य नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुम्लाका नवराज महतरा, सिन्धुलीका विमला पाँण्डे, प्यूठानका गिरु भण्डारी, धादिङका गोपाल तिवारी र भक्तपुरका ऋषिकेश श्रेष्ठलाई समितिको सदस्यमा नियुक्त गरेको हो । मन्त्रीस्तरीय निर्णय अनुसार नियुक्त गरिएका उनीहरूको कार्यकाल २ वर्षको हुनेछ ।
नवनियुक्त सदस्यहरूलाई सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच नियुक्तिपत्र दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकारहरूले भोग्दै आएको पारिश्रमिक सम्बन्धि सबै समस्या समाधान गर्न नवनियुक्त सदस्यहरू सफल हुने विश्वास जनाए ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालले समितिले सरकारले दिएको जिम्मेवारी पूरा गर्न क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।नेपालप्रेस खबर डटकमबाट












































