सोलुखुम्बुमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

लोकखबर
१० चैत्र २०७७, मंगलवार ११:२५

मकवानपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।
बैंकले, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका(४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नुभएको हो ।
त्यस शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, को महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवालिन सक्ने बैंकले जनाएको छ ।
कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ती ठाउँहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।उज्यालोखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*