झापामा​ सिक्किमे रक्सी बरामद

लोकखबर
१० चैत्र २०७७, मंगलवार १२:०४

मकवानपुर । इलामको पशुपतिनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ।
इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले सवारीसाधन चेक जाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीले रक्सीसहित गाडी चालक सूर्योदय नगरपालिका २ बस्ने २८ वर्षीय प्रकाश खड्कालाई पनि नियन्त्रणमा लिएको छ। निजलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाइसकेको प्रहरीले जानकारी दिएको छ।
साथै, झापा प्रहरीले यसअघि विभिन्न मितिमा बरामद गरेको सिक्किम गोल्डेन नामक २११ बोतल पनि आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बुझाइसकेको जनाइएको छ।
इलामको पशुपतिनगर, छब्बीसे, हिले र झापाको तिरीङ, बाहुनडाँगी लगायतको सीमा नाकाबाट अवैध रूपमा भित्रिने भारतीय ब्रान्डका रक्सीहरू झापाका विभिन्न बजारसहित भारतको विहारमा समेत पठाइने गरेको प्रहरी स्रोतको दाबी छ।
भारतको विहारमा रक्सी बेचबिखनमा प्रतिबन्ध लगाइएकाले नेपालको बाटो हुँदै त्यहाँ लैजाने गरिएको बताइन्छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*