सत्तारूढ एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबीच वार्तालाई निरन्तरता दिने सहमति

लोकखबर
१० चैत्र २०७७, मंगलवार १३:३६

मकवानपुर । सत्तारूढ नेकपा एमालेले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँगको वार्तालाई निरन्तरता दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउने पहल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता गरिसकेको छ।
जनता समाजवादी पार्टी र एमाले मिल्दा संसदमा बहुमत पुग्ने अवस्था छ। बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्वाङले थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको बताए ।
संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकताको विषयमा समेत छलफल भएको छ नेम्वाङले भने, संसद बैठकमा जानुपर्ने भएकाले आज छलफल रोकियो,हामी पुन छलफल गर्छौं।
जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने बैठकमा सहभागी भएको थिएन।
महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो नेम्वाङले भने, उपेन्द्र यादवहरूले पठाएरै छलफल भएको होला।जनता समाजवादी पार्टीलाई सरकारमा सामेल हुन प्रस्ताव गरिएकोर नगरिएको विषयमा नेम्वाङले खुलाएनन्।
प्रधानमन्त्रीले संसद फेस गर्छु भन्नु भएको छ नि नेम्वाङले भने अब संसदमै सबै प्रक्रिया अगाडि बढ्ला।सेतोपाटी खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*