‘घुस दिएर नेपाल विकसित राष्ट्रमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन ?

मकवानपुर । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सरकारले घुस दिएर नेपाल विकासशील मुलुकमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन भन्दै व्यङ्ग्य गरेका छन् मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले कर्णालीका जनताले अहिलेसम्म बिजुली बाल्न नपाएको बेला कसले नेपाललाई विकसित राष्ट्रमा प्रवेश गर्न लागेको प्रमाणपत्र दिन लाग्यो भन्दै प्रश्न गरे
सरकारका मन्त्रीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा गएको प्रमाणपत्र आउन लागेको बताएको भन्दै सांसद महतले कर्णालीका जनताले अहिले पनि बत्ति नपाएर अँध्यारोमै बसेको बताए । उनले सरकारलाई व्यङ्ग्य गर्दै भने– ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ । प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर प्रमाणपत्र दिँदैछ रु म जान्न चाहन्छु । जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन यो कर्णालीका जनताको ठूलो चासोको विषय छ ।’रातोपाटी डटकमबाट