बाजुराको मार्तडीमा पनि पुग्यो ग्लोबल आईएमई
मकवानपुर । ग्लोबल आईएमई बैंक लिमिटेडले बाजुरा जिल्लामा पनि आफ्नो शाखा विस्तार गरेको छ । बडीमालिका नगरपालिका –८, मार्तडीमा हिजो मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको आईएमईले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले देशभर तथा विदेशमा गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७० शाखा सञ्चालनमा ल्याइसकेको छ । यस्तै दुई सय ४२ एटीएम, दुई सय ५६ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको
‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको आईएमईले जनाएको छ ।उज्यालोअनलाइन डटकमबाट