आगलागी हुँदा गुल्मीमा चार घर र दुई गोठ जले

मकवानपुर । गुल्मीमा आगलागीका कारण चार घर र दुईवटा गोठ जलेर नष्ट भएका छन्।
जिल्लाको कालीगण्डकी गाउँपालिका(२, अर्बेनीमा भएको आरन थरमा आगलागीका कारण चार घर र दुई गोठमा आगलागी भएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिए।
दिउँसो करिब ५ बजेतिर स्थानीय धनबहादुर सुनार ,उर्मिला सुनार,तुलबहादुर सुनारको घर ,जितबहादुर सुनारको घर र गोठ र इन्द्रबहादुर सुनारको गोठ जलेर नष्ट भएको छ। उर्मिलाको घरबाट निस्केको आगोका कारण अन्यको घरमा सल्केको स्थानीयले जनाएका छन्।
त्यस स्थानमा पानीको समस्या भएका कारण आगलागीलाई नियन्त्रणमा लिन सकिएको छैन। आगलागीलाई नियन्त्रणमा लिनका लागि स्थानीयहरू जुटेका छन्।
यता, गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आगलागी नियन्त्रणमा गर्न पुर्तिघाट प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जानकारी दिइन्। चौकीबाट त्यस स्थानसम्म पुग्न करिब एक घण्टा लाग्छ।
आगो नियन्त्रणमा नआइसकेको र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।थाहाखबर डटकमबाट