ओलीले बोलाए एमाले संसदीय दलको बैठक

लोकखबर
१२ चैत्र २०७७, बिहीबार १४:२८

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी ओलीले संसदीय दलको बैठक बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
उनले बैठकमा तीन विषयमा छलफल हुने बताए।
प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रबारको बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना निर्माण कसरी गर्ने भन्ने विषयका साथमा समसामयीक रानजीतिक र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताए।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*