भागरथीको स्वाबसँग अभियुक्तको डिएनए मिल्यो

लोकखबर
२०७७ चैत्र १२, बिहीबार १५:०१

मकवानपुर । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका(७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ खाएको छ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ।
यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर भनेका थिए। उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरी त्यो मान्छेले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए। तर, भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको पुष्टि भएको छ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपनि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो।
त्ससपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो। त्ससपछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो। जिल्ला अदालत बैतडीले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको थियो।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको