प्रदेश १ का नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण

लोकखबर
१३ चैत्र २०७७, शुक्रबार १३:५२

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन्।
नवनियुक्त मन्त्रीहरूमा टंक आङबुहाङले अर्थमन्त्री, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङले भौतिक पूर्वाधारमन्त्री र राम रानाले कृषिमन्त्रीको शपथग्रहण लिएका हुन्। त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त भएका छन्।
राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*