भ्रमणमा रहेको सेनाको हेलिकोप्टरबाट महिलाको उद्धार

मकवानपुर । नेपाली सेनाको भ्रमण रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ।
उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनीपति डोल्पा हवाइ भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकोप्टरले तिन्जेबाट हेपाटाइटिस बी पिडित महिलाको उद्धार गरेको हो।
शे–फोक्सुण्डो गाउँपालिका– ४ बस्ने वर्ष २३ की टिजिङखाँडो गुरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापति विज्ञानदेव पाण्डे र २४ नं बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए।
स्वास्थ्यचौकीमा सामान्य उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारका लागि तिन्जेबाट उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको सेनानी क्षेत्रीको भनाइ छ। जिल्ला अस्पतालमा पनि बिरामीको उपचार नभएर सम्भव नभएपछि केही दिन राखेर जहाजमा काठमाडौं पठाइएको बताइएको छ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा उनलाई हेपाटाइटिस बी हुनुका साथै पेटमा पानी जमेको थाहा पाएर करिब २ लिटर पानी निकालेपछि सास फेर्न केही सहज भएको जिल्ला अस्पतालले जनाएको छ।
प्राणघातक रोग हेपेटाइटिस बी को कारण कलेजो कमजोर भएको अस्पतालको भनाइ छ। थाहाखबर डटकमबाट