नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्ड सर्वोच्चमा

लोकखबर
२०७७ चैत्र १७, मंगलवार १२:३७

मकवानपुर । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको छ ।
गएको फागुन २३ गते सर्वोच्चले नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसलामा एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि प्रचण्ड पुनरावलोकनका लागि आज अदालत जानु भएको हो । फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी एकता अघिकै एमाले र माओवादी केन्द्रमा पुगेको छ ।
पुनरावलोकनमा जानुअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।उज्यालोअनलाइन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको