२९ जिल्लाका ८० ठाउँभन्दा बढी वनमा आगलागी

लोकखबर
२०७७ चैत्र १७, मंगलवार १४:५६

मकवानपुर । देशभरको २९ जिल्लामा ८४ ठाउँको वनमा आगलागी भइरहेको छ। केही दिनदेखि यता सुक्खा मौसम सुरु भएसँगै देशभरका वनमा आगलागी हुने क्रम बढिरहेको छ।
अछाममा २, बझाङ १, बाँके ५, बर्दिया ८, भोजपुर १, चितवन ४, दैलेख ३, दाङ १४, डोटी १, गोर्खा १, जाजरकोट २, झापा १,कैलाली १,कास्की १,खोटाङ १, मकवानपुर १,नवलपरासी १,पाल्पा ३,पर्सा ५, रामेछाप १, रुपन्देही २,सल्यान २, सर्लाही १, सिन्धुली ६, सिराहा २,सुर्खेत ४ र उदयपुरको ८ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।
विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको विभागका एक कर्मचारीले बताए। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको उनको भनाइ छ।
आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरुले चुरोट खाएर फाल्ने,वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रुख पलाउने आशामा आगलागी हुन गरेको छ।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको