भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप

लोकखबर
१७ चैत्र २०७७, मंगलवार १६:१०

मकवानपुर । भारतीय सेनाले नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको एक लाख डोज कोरोनाविरुद्धको खोप ुकोभिशिल्डु मध्ये पहिलो खेपको खोप हस्तान्तरण गरिएको छ। आज जङ्‍गी अड्‍डामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रधानसेनापति थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। त्यसलगत्तै भारतीय राजदूत क्‍वात्राले खोप हस्तान्तरण गरेका थिए।
सोही क्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए।
प्रधानसेनापति थापाले सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद दिए। यस सहयोगले नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारीहरु समेत लाभान्वित हुने उनले बताए।
प्रधानसेनापति थापाले महामारीविरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्‍न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्‍यक्त गरेका थिए।नेपाललाइभ डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*