आजदेखि लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु

लोकखबर
२०७७ चैत्र १८, बुधबार १२:४०

मकवानपुर । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्।
बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।
उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा रहेको बेला कुर्सी भने पुरानै कायम हुने भएका छन्
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।
सचिव पुनले गठबन्धन सरकार भएका कारण माओवादीका सांसदहरु पनि आज पुरानै स्थानमा सत्ता पक्षको कुर्सीतिर नै बस्ने बताए । रातोेपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको