प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता

लोकखबर
१८ चैत्र २०७७, बुधबार १४:०२

मकवानपुर । नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।
मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता लिइएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका खनाल – नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।उज्यालोअनलाइन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*