‘न्यायाधीशहरुको भूमिकाका कारण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठ्यो’

लोकखबर
२०७७ चैत्र १९, बिहीबार १२:३२

मकवानपुर । पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्हरुले न्यायाधीशहरुको भूमिकाका कारण स्वतन्त्र न्यायपालिका माथि प्रश्न उठेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश, संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले न्यायाधीशहरुको प्रवृति र भूमिकाका कारण स्वतन्त्र न्यायापालिकाको क्षमतामाथि आशंका बढ्दै गएको बताएका हुन् ।
समयमा मुद्दाको फैसला गर्न नसक्ने, नियुक्तीमा भागवण्डा खोज्ने, राजनीतिक दलहरुको पक्ष–विपक्षमा लाग्ने प्रवृति कतिपय न्यायाधीशमा देखिएको वक्ताहरुले बताएका छन् । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले न्यायाधीशहरु स्वतन्त्र हन्छन् भनिएपनि कतिपय न्यायाधीशहरूले जानिजानि परतन्त्रबाट प्रभावित हुने गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो कताकता जे सुकै भनौं हामी स्वतन्त्र भन्छौ। तर केही न केही रुपबाट हामी आफै पनि स्वयं जानिजानि परतन्त्र बन्ने न्यायाधीशहरुकै भूमिका हुन्छ । हामीले परतन्त्र बन्ने व्यक्तिगत अब कतिपय न्यायधीशहरुलाई त्यो दोश लगाउनु हुँदैन । कतैबाट गाइडेड, यसको पालामा यो हुन नदिने, त्यसको पालामा त्यो हुन नदिने, नियुक्ती हुन नदिने के दिने अब मेरो पालामा मैले निकै हङ्गामा व्यहोर्नु परेको हो ।’
न्यायाधीशहरूमा विदा माग्ने र बाहिर गएर षड्यन्त्र गर्ने प्रवृति रहेको पनि कार्कीले बताइन् । यस्तै न्यायाधीशहरूमा प्रधानन्यायाधीशलाई सहयोग नगर्ने प्रवृति रहेको पनि बताइन् ।
स्वतन्त्र न्यायपालिका भनिएपनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृति रहेको बताइन् ।
संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कही कतै पनि प्रदर्शन गर्न नसकेको बताए । संवैधानिक इजलासमा रहेका कतिपय संवेदनशिल मुद्दाहरु लामो समयसम्म पनि सो­–कज हुन नसक्नु यसैको उदाहरण भएको बताए ।
संविधानविद टिकाराम भट्टराईले अदालतबाट हुनै फैसलाका कारण श्रद्धाले न्यायाधीशहरुको अगाडि शिर झुकाउने ठाउँ नै नरहेको बताए । प्रधानन्यायाधीशले गलत ग¥यो भनेर परेका मुद्दामा सो–कज नै नहुने प्रवृति रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे ।
वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले आफैले हालेका ६र७ वटा मुद्दामा डेढ वर्ष भइसक्दा पनि सुनुवाइ हुन नसकेको बताए । यस्तो स्थितिमा संवैधानिक इजलासले संविधानवादको बाटोमा हिँडाउँछ भन्ने महसुस गर्न नपाएको पनि बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले अदालतले मुद्दाको गाम्भीर्यता हेरेर समयमै फैसला गर्न नसकेको बताए । समयमै फैसला गर्न नसक्ने अदालत किन चाहियो भन्दै प्रश्न समेत गरे ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरु, पूर्वप्रधानन्याधीश, पूर्वन्यायाधीशहरु, संविधानविद्हरु, वरिष्ठ अधिवक्ता तथा अधिवक्ता लगायतको उपस्थिति रहेको थियो ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको