६ लाख रुपैयाँ लुट्ने चार जना पक्राउ, ‘लुटिएको रकमले लागुऔषधमा मस्त’

लोकखबर
१९ चैत्र २०७७, बिहीबार १५:३४

मकवानपुर । काठमाण्डौको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खिचापोखरीमा प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट बुधवार साँझ दाङका दिपुन श्रेष्ठ, रुकुमका तिलक रावत, कालीकोटका नविन केसी र उमेश केसीले ६ लाख रुपैयाँ लुटेका थिए ।
चार जनाले कम्पनीका कर्मचारी दीपक मल्लको हात बाँधेर खुकुरी देखाउँदै रकम लुटेर फरार भएका थिए । प्रहरीले उनीहरूलाई राति १० बजे ५९ हजार सात सय रुपैयाँसहित पक्राउ गरेको थियो । यस्तै लुटिएको रकममध्ये ७५ हजार रुपैयाँ बालाजु बस्ने मञ्जु पटुवारलाई राख्न दिएको पनि खुलेको छ ।
बाँकी रकमले उनीहरूले कपडा, जुत्ता र झोला खरिद गरेको तथा राति होटलमा लागुऔषध सेवन गर्दै बसेका थिए । चारैजना लागुऔषध प्रयोगकर्ता रहेको र उनीहरूले थप तीन जनालाई पनि लागुऔषध सेवनको लागि होटलको कोठामा बोलाएको अवस्थामा रोल्पाका प्रशन्न हमाल र सफल आचार्य तथा नवलपरासीका मिलन ढकाललाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।उज्यालोअनलाइन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*