२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि ल्याउँछौं प्रधानमन्त्री

लोकखबर
२०७७ चैत्र २०, शुक्रबार १५:५८

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।
शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन्।
मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो। ुप्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ उनले भने। उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशनसमेत दिए।
नेपालीको इतिहास गौरवपूर्ण भएकाले हाम्रो आधुनिक क्षमताले यही ढंगले सबै सम्भव भएको बताए।
साथै उनले फरक प्रसंगमा प्रतिगमनकारी आफू नभएको र नबुझ्नेहरूले आरोप लगाएको पनि दाबी गरे। मेलम्चीको पानी आउनु काठमाडौंबासीका लागि सबैभन्दा खुसी क्षण भएको पनि बताए।
पुराना सिस्टमहरू हेरफेर गर्दै जानुपर्ने र नयाँ व्यवस्था गर्दै जाने उनले बताए। मेलम्ची सफल भएको र पानी वितरण अनवरत हुने पनि उनले त्यस क्रममा बताए। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको