नेपाली भाषामा श्रीमदभागवतको वेब सिरिज बनाउँदै नीता ढुङ्‍गाना

लोकखबर
२२ चैत्र २०७७, आईतवार १२:१४

मकवानपुर । नेपाली भाषामा श्रीमदभागवत गीताको वेब सिरिज बन्‍ने भएको छ। नायिका नीता ढुङ्‍गानाले नेपाली भाषामा वेब सिरिज निर्माण तथा निर्देशन गर्ने भएकी हुन्।
वेब सिरिजको घोषणासँगै यसको सांगीतिक टोली पनि सार्वजनिक गरिएको छ। जसमा शितल गिरीको शब्द, पुष्पन प्रधानको स्वर र संगीत रहने बताइएको छ। यो वेब सिरिज निता फिल्मसको दोस्रो प्रस्तुति हुनेछ।
वेब सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटोलाई प्राथमिकता दिइएको छ। श्रीमदभागवतको ७०० स्लोकबाट ४७ भागको सिरिज बन्‍ने जानकारी दिइएको छ।नेपाललाइभ डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*