टाइगरले जिते राष्ट्रिय रिङ रेस्लिङको उपाधि

लोकखबर
२०७७ चैत्र २२, आईतवार १२:३२

मकवानपुर । नुवाकोटका खेलाडी टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। डेविडलाई लकमार्फत पराजित गर्दै उनले उपाधि रक्षा गरेका हुन्।
पोखरा रंगशालाको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले समेत टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। एक समय डेविडले टाइगरलाई धन्नै अचेत अवस्थामा पछारेर खेल आफ्नो पक्षमा पार्न लागिसकेका थिए।
अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाइजम्पमार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिँदा घाइते भए। डेविड उठ्नै नसक्ने गरी बजारिएको मौकालाई सदुपयोग गर्दै टाइगरले आफ्नो लक लगाएपछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए।
उपाधिका साथ टाइगरले एक लाख रुपैयाँ र च्याम्पियन बेल्ट प्राप्त गरे। प्रतियोगितामा उपविजेता बनेका डेविडले ५० हजार रुपैयाँ पाए। प्रतियोगितामा खेलाडी चट्टान तेस्रो भए।
शुक्रबार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल शनिबार पुनः भएको थियो। शुक्रबार भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो।
त्यसपछि द युगले ठगुलाई शनिबारका लागि रिङबाटै च्यालेन्ज गरेका थिए। ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो। खेलमा द युगले आइरन म्यानको उपाधि पाए।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएको दुई दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ, राखेप सदस्य आयोजक संघका महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए।नेपाललाइभ डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको