गाँजा सहित तीनजना प्रहरी नियन्त्रणमा

लोकखबर
२ बैशाख २०७८, बिहीबार १५:५५

मकवानपुर । मकवानपुर प्रहरीले २३ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट हेटौंँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मायाँ तामाङलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरीका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार सडकखण्डमा ना १ ह ९०९९ नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको दुई वटा पोकामा २३ किलो गाँजा फेला परेपछि अटो चालक हेटौँडाका मोक्तान, अटोमा सवार राक्सिराङकी निर्मला तामाङ र मायाँ तामाङलाई नियन्त्रणमा लिइएको हो ।
बुधबार नियन्त्रणमा लिइएका उनीहरुलाई आज बिहिबार जिल्ला अदालत मकवानपुरबाट लागू औषध मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*