बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

लोकखबर
२०७८ बैशाख ७, मंगलवार २२:१४

मकवानपुर । बागमती प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले आज राती १२ बजेबाट लागू हुने गरी चालु अधिवेशन स्थगित गरिएको सूचना जारी गरेका छन् ।

लामो समयदेखि स्थगित हुँदै आएको अधिवेशन गत चैत २४ गतेबाट सञ्चालनमा आएको थियो । ‘बागमती प्रदेश मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल बैशाख ७ गते मंगलबार राती १२ बजे प्रदेशसभाको सातौं चालु अधिवेशन अन्त्य गरेको छु ।’ प्रदेश प्रमुख प्रसाइले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र प्रतिपक्षी नेपाली काङ्ग्रेसले प्रदेश सरकारले जनअपेक्षा विपरित काम गरिरहेको भन्दै प्रदेशसभा बैठक अवरुद्घ गर्दै आएका थिए । सरकारले मदन भन्डारी फाउन्डेशनको नाममा ५० लाख कार्यकर्ताका लागि बाँडेको तथा विद्युतीय बस टेन्डरमा प्रकृया विपरित काम गरेको भन्दै संसदमा विरोध भइरहेको थियो । सरकारको कामकारवाहीबारे चित्तबुझ्दो जवाफ माग्दै संसद अवरुद्घ भइरहेका बेला अधिवेशन स्थगित गरिएको हो ।

प्रदेशमा माओवादी केन्द्र सहितका विपक्षी दलले सरकारको कामकारवाहीप्रति असन्तुष्ट जनाउँदै आएका छन् । हिजो सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले आव्हान गरेको सर्वदलीय बैठक समेत उनीहरुले बहिस्कार समेत गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको