श्रमजिवीको हितमा काम गर्ने संगठन वाइसीएल : नेता पाण्डे
मकवानपुर । योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिव,नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेले श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन वाइसीएल भएको बताएका छन् ।
आज शनिबार मकवानपुरको थाहा नगरपालिकास्थित विकासघरमा आयोजित योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर भेलामा सम्बोधन गर्दै नेता पाण्डेले युवाहरुलाई अहिलेको वैज्ञानिक, प्राविधिक रुपमा अगाडी बढ्नका लागि सल्लाह दिए । माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले समाजलाई उन्नत बनाउन यूवाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले पार्टी र युवाबिचको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्नेमा जोड दिए ।
भेलाले मानसिं दोङको अध्यक्षता मा ४१ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर कमिटी चयन गरेको छ ।
कमिटि उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिवमा युवराज बिष्ट, कोषाध्यक्षमा देवकी तामाङ, सहसचिबमा कृष्ण मान लो, राजीवविक्रम खड्का रहेका छन् । सदस्यहरुमा सुविन्द्र गोपाली, युवराज थिङ, रवी कार्की, अरुण मोक्तान, पूर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारी लगायत रहेका छन् ।
भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर गाउँपालिका इन्चार्ज विनायक गोले, जिल्ला सदस्य विनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको अतिथ्यता रहेको थियो ।