त्रिविको परीक्षा के होला ?

लोकखबर
१३ बैशाख २०७८, सोमबार १४:००

मकवानपुर। कोरोनाले विद्यार्थीको परीक्षालाई अन्यौल बनाएको छ । त्रिभुवन विश्वविद्यालयले सुरु गरेको परीक्षा अब नियमित होला वा नहोला भन्नेमा विद्यार्थीमा अन्यौलता छाएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आजका लागि तोकिएका परीक्षा सम्पन्न भएको बताए । उनले अबभने परीक्षा कसरी अघि बढाउने भन्नेमा परीक्षा सञ्चालक समितिको बैठकबाट निर्णय लिइने बताए । परीक्षा नियन्त्रक जोशीका अनुसार सम्भव भएसम्म परीक्षा सञ्चालन गरिनेछ ।

जेठ २ मा एलएलबी प्रथम वर्षको परीक्षा र २० वैशाखमा बीएचमको परीक्षा त्रिविले गर्दै थियो । ती सबै परीक्षा अब स्थगित हुने भएका छन् । मकवानपुरका विभिन्न विद्यालयले पनि आजबाट हुने परीक्षा स्थगित गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*