मकवानपुरमा यस्तो छ कोरोना संक्रमणको ताजा रिर्पोट

लोकखबर
१५ बैशाख २०७८, बुधबार १२:३८

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणको सक्रिय संख्या २ सय ६५ जना पुगेको छ । आज थप ६० जनालाई कोरोना भाइरस (कोभिड १० ) संक्रमण पुष्टि भएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्घन शाखा हेटौंडाका अनुसार १३९ जनाको परीक्षण गरिएकोमा १ सय ६० जनामा कोरोना भएको पाइएको हो ।

मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पताल र वनसखन्डी शहरी स्वास्थ्य केन्द्र हेटौँडा २ मा रहेको प्रयोगशालामा कोरोना परिक्षण हुने गरेको छ ।

आज कोरोना संक्रमण हुनेमा पुरुष ३९ र महिला २१ जना हेटौँडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्षक,कोभिड १९ का फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका ५६ जना, भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ९ का एक– एक जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मकवानपुर जिल्ला बाहिर बारा अमलेखगन्जका एक जना र ठेगाना नखुलेका अर्का एकजना रहेका छन् ।

कोरोनाको दोस्रो लहरमा मकवानपुरमा अहिले २ सय ६५ जना सक्रिय संक्रमित रहेको कोभिड फोकल पर्सन चौलागाईंले बताए । उनका अनुसार ११ जना अस्पतालमा उपचाररत छन् भने २ सय ५४ जना अहिले होम आइसोलेशनमा बसेका छन् ।

संक्रमितमध्ये सात जना हेटौंडा अस्पताल, दुई जना गौरीटार आइसोलेशन र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

दोस्रो लहरको कोरोनाबाट मकवानपुरमा दुई जनाको मृत्यु भएको छ । पहिलो चरणमा कोरोनाबाट ३२ जनाको मृत्यु भएकोमा केही दिन अघि हेटौंडा ४ का थप दुई जनाको मृत्यु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

मकवानपुरमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आवश्यक विभिन्न निर्णय लिएको छ ।

मकवानपुरको हेटौंडामा आइतबारबाट जोरविजोर प्रणाली लागू गरिएको छ । मास्क लगाउने कार्यलाई कडाईका लागि पालना गराउँन आग्रह गर्दै प्रहरीले चेकजाँचलाई तिब्रता दिएको छ । मास्क नलगाए सय रुपिया जरिवना तिराउने गरिएको छ ।

यस्तै, मकवानपुरमा धेरै भीडभाड हुने कार्यालयमा आजबाट सेवा बन्द, सेवा घटाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड, यातायात व्यवस्था सेवा कार्यालयमा कामकाज पूर्ण रुपमा बन्द गरिएको छ भने मालपोत कार्यालय मकवानपुरबाट प्रदान गरिने सेवालाई बार तोकिएको छ ।
कार्यालयले सूचना प्रकाशन गर्दै आईतबार, मंगलबार र बिहिबार दृष्टिबन्धक र धितोबन्धक लिखत पारित सम्बन्धी कार्यहरु हुने र सोमबार, बुधबार र शुक्रबार राजीनामा लगायत अन्य सबै लिखत पारित सम्बन्धी कार्यहरु हुने जनाएको छ ।

यस्तै कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्य, ठाडो रोक्का, फुकुवा र मुद्घ फाँट सम्बन्धी कार्यहरु नियमित रुपमा सन्चालन हुने मालपोत कार्यालय मकवानपुरका प्रमुख मालपोत अधिकृत रामचन्द्र भण्डारीले जानकारी दिए ।

मकवानपुरमा बैंक तथा वित्तिय संस्थामा पनि भीडभाड नहोस् भन्नका लागि आलोपालो प्रणाली अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सूचना अधिकारी देवचन्द्र गर्तौैलाका अनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गर्दै हप्तामा तीन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न दिइएको हो ।

गर्तौैलाका अनुसार उपभोक्ताको भीडभाड हुने क्षेत्र सैलुन,ब्युटीपार्लर र मदिराका पसल हाललाई बन्द गराईएको छ । यी व्यापारिक क्षेत्रमा सूचना जारी नभएसम्मका लागि अहिले बन्द गरिएको गर्तौलाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*