आज मकवानपुरमा ७१, देशभरमा ५,६५७ जना संक्रमित, ३३ जनाको मृत्यु

मकवानपुर । आज शुक्रबार कोरोना संक्रमणबाट मकवानपुरमा ७१ जना संक्रमित भएका छन् । मुलुकभर भने पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट आज शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।
२४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
२४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २४ लाख ७३ हजार ९ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार ८ सय १३ र क्वारेन्टाइनमा ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ।