हेटौंडामा आजबाट मिनि लकडाउन

लोकखबर
१८ बैशाख २०७८, शनिबार ०८:४५

मकवानपुर । मकवानपुरको हेटौंडामा आज शनिबारबाट मिनि लकडाउन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आजबाट हेटौंडामा मानिसहरुको भीड नियन्त्रणका लागि होटल, पसल लगायतका व्यवसायमा थप कडाई गरेको छ ।

यस अघि भीडभाड हुने सेवा कार्यालय बन्द गर्दै आएकोमा आज शनिबारबाट हेटौंडा उपमहानगरपालिका क्षेत्रमा होटलदेखि चिया पसलसम्म बन्द गरिएका हुन् । यस्तै, मानिसहरुको भीड हुने क्षेत्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित सबै ब्यवसाय बन्द गरिएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आजबाट उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू गरिएको बताए ।

कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार आजबाट जिल्लाका सम्पूर्ण निजी अस्पतालहरूले आफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु नियम लागू गरेको छ ।

यस्तै, हेटौंडा बजार क्षेत्रमा व्यवसाय गर्नका लागि आलोपालो प्रणाली अपनाइएको छ । यसका लागि समन्वय गर्ने काम मकवानपुर उद्योग वाणीज्य संघले गरेको छ ।

यसअघि नै मकवानपुरमा यातायातमा जोर विजोर प्रणाली अपनाइ सकिएको थियो भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका थिए ।

यस्तै यस अघि नै मानिसको भीड हुने कार्यालयहरु मालपोत, नापी, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा सेवा बन्द गरिएको थियो । यस अघि देखि नै सैलुन,ब्युटिपार्लर, मदिरा व्यवसाय बन्द गरिएकोमा आजबाट जिल्लामा थप कडाई गर्दै निमि लक डाउन गरिएको हो ।

मिनि लक डाउन भनेर नभनिएपनि हेटौंडामा बजार पसलहरु प्राय ः बन्द भएका छन् । सवारी साधनहरु पनि पातलिएका छन् ।

सबै बैंक तथा वित्तिय संस्था आलोपालो गरी हप्तामा तीन दिन खुलाउन पाइने नियम लगाइएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खुला हुनेछन् भने एटीएम सेवा चाँही चौबीसै घण्टा सुचारु गर्न बैंकहरुलाई प्रशासनले आग्रह पनि गरेको छ ।
सहकारी संस्थाहरुले अहिले घर तथा पसलमा गई गर्दै आइरहेको रकम संकलन कार्यलाई पनि हेटौंडामा रोक लगाइर्एको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*