चुरेहिललाई आइसीयु सहित २५ बेडको कोभिड अस्पताल बनाइने

लोकखबर
२३ बैशाख २०७८, बिहीबार ०६:१७

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमित बढ्न थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको चुरेहिल अस्पताललाई कोभिड अस्पतालका रुपमा सन्चालन गरिने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले चुरेहिल अस्पतालमा आइसीयु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल सन्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै,हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाउने भएको छ ।
मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार मकवानपुरगढी र मनहरी गाउँपालिकाका एक-एक जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी ५ का ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा कोभिड अस्पतालको इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । मकवानपुरगढीका उनलाई १० दिन अघि पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
अर्का मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुष रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । बैशाख २० गते हेटौंडा आएर स्वाब दिएका उनको सोही राती घरमै मृत्यु भएको हो । मृतक पुरुष मुटु रोगबाट पीडित रहेको जनाइएको छ । बुधबार थप दुई जना संक्रमितको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मंगलबार पनि मकवानपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मकवानपुरमा बुधबार थप ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईंका अनुसार कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाका रहेका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*