मकवानपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका हेटौंडाका दुई जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका दुई जना रहेका छन् । डा. काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३७ बर्षिया एक महिला र वडा नम्बर ७ का ४० बर्षिय एक पुरुष रहेको छन् ।
हेटौंडा ४ की महिलाको अपरान्ह पौने ५ बजे र हेटौंडा ७ का पुरुषको साँढे ५ बजे मृत्यु भएको हेटौंडा कोभिड अस्पतालले जनाएको छ ।
यो संगै मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।