हेटौंडा उपमहानगरभित्रको यस्तो दर्दनाक घटना !
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाभित्र सुन्दा पनि आङै सिरिङ्ग हुने एउटा दर्दनक घटना भएको खबर छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियामा आफ्नै नातीले प्रहार गरेको बन्चरोले लागेर वृद्दा हजुरआमाको ज्यान गएको छ ।
आफ्नै नाती २२ वर्षीया आकाश गुरुङले ९० वर्षिया हजुरआमा कान्छीमायालाई आज दिउशो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
घरको आँगनमा बसिरहेको बेला नातीले प्रहार गरेको बन्चरोले टाउकोमा लागेर हजुरआमा कान्छीमाया गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी कान्छीमायाको उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उपचार हुन नसरकी उनको साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न नाति मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।












































