मकवानपुरमा थप १ सय १४ जनालाई कोरोना
मकवानपुर । आज मकवानपुरमा थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंका अनुसार १ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ५३ जना महिला र ६१ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
निरिक्षक चौलागाईंका अनुसार कोरोना हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ११ जना रहेका छन् ।
हेटौंडाभित्र पनि आजको रिर्पोट अनुसार वडा नम्वर ४ का मात्रै २८ जना संक्रमित भएका छन् । वडा नम्वर १ का ५ जना, वडा नम्वर २ का १३ जना, वडा नम्वर ५ को १५ जना, वडा नम्वर ६ को ३ जना, वडा नम्वर ७ को १ जना, वडा नम्वर ८ को ७ जना, वडा नम्वर ९ को १८ जना, वडा नम्वर १० को १० जना, वडा नम्वर ११ को ५ जना, क्रमश वडा नम्वर १२,१३,१४,१५ को १÷१ जना र वडा नखुलेका अन्य २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
मकवानपुरकै थाहा नगरपालिकाका २ जना र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको निरिक्षक चौलागाईंले जानकारी दिए ।
मकवानपुरमा पछिल्लो समय १५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भई सस्थागत आइसोलेसनमा बसेका ५ जना र होम आइसोलेसनमा बसेका १० जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ हजार १२४ पुगेको छ ।