निषेधाज्ञाको बेलामा गएराती राक्सिराङमा यस्तो दुःखद दुर्घटना

लोकखबर
२५ बैशाख २०७८, शनिबार ०९:१०

मकवानपुर । कोरोना माहामारीको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा गएराती दुःखद दुर्घटना हुन गएको छ।

गएराती राक्सिराङ गाउँपालिकाबाट यात्रु लिएर हेटौंडा आउँन थालेको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा एक युवकको घटना स्थलमै ज्यान गएको छ भने चालक सहित पाँच जना घाइते भएका छन् ।

राक्सिराङ गाउँपालिका वडा नम्बर १ बेलटारस्थित बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको बोलेरो जीप गएराती साँढे १२ बजेतिर आफै अनियन्त्रित भई पल्टिँदा १७ वर्षिय स्थानीय दिनेश स्याङतानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घाइते हुनेहरुमा जीप चालक राक्सिराङ गाउँपालिका वडा नम्बर १ बेलटारका २५ वर्षीय दिपेन्द्र ल्हो, जीपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरी गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैजनाको हेटौंडा उमपहानगरपालिका ११, थानाभ¥याङ्स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*