हेटौंडाको राप्तीखोलामा प्रहरी विष्टको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १०, राप्तीखोलामा उच्च अदालत पाटन, हेटौंडा इजलाशमा कार्यरत एक जना प्रहरीको शव फेला परेको छ ।
प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव आज शनिबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
गोरक्षश्वर मन्दिर नजिक राप्ती खोलामा शव देखेको सूचना स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थल पुगेको थियो ।घटनास्थलमा पुगेका मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार खोलामा शरीरको कम्मर मुनिको भाग डुबेको र
बाँकी भाग बाहिर रहेको अवस्था खत्रीको शव फेला परेको हो ।
हिजो शुक्रबार साँझसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भएका खत्रीको शवको प्रकृति हेर्दा खोलाले बगाएजस्तो देखिएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।