मकवानपुरमा आजबाट जिल्लाभर निषेधाज्ञा
मकवानपुर । कोरोना संक्रमणको जोखिमबाट बचाउन मकवानपुरमा आज (शनिबार) बाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।
यसअघि बैशाख १९ गतेबाट जारी हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पछि आजबाट जिल्लाभर लागू भएको हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको निर्णय अनुसार निषेधाज्ञालाई थप कडाई गर्दै आज (शनिबार) जेठ १ गतेबाट जेठ १३ गतेसम्मका लागि लम्बाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
निषेधाज्ञामा मर्निङ तथा इभिनिङ वाक गर्न नपाइने,अत्यावश्यक उपभोग्य वस्तुका पसल विहान ५ बजेदेखि विहान ८ बजसम्म सम्म मात्र खुलाउन, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबारमात्रै खोल्ने, सहकारी लगायत वित्तिय संस्था पूर्णरुपमा बन्द गर्नुपर्ने छ ।