कोरोनाबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

लोकखबर
२०७८ जेष्ठ २, आईतवार ०६:५१

मकवानपुर । मकवानपुरमा शनिबार (हिजो) २४ घण्टामा कोरोना संक्रमणबाट हेटौंडामा थप ४ जनाको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोनाबाट ज्यान जानेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का ३ जना र वडा नम्बर ४ का १ जना रहेका छन् ।

कार्यालयका अनुसार हेटौंडा ५ का ५९ वर्षीय पुरुष,४६ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन् । यस्तै, हेटौंडा ४ का ७५ वर्षीया महिला रहेकी छन् ।

उनीहरु सबै जनाको मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित, हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो समय मकवानपुरमा थप ४ जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ५८ पुगेको छ ।

यस्तै, मकवानपुरमा शनिबार (हिजो) २४ घन्टाभित्र कोरोनाबाट थप ९० जना संक्रमित भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंका अनुसार संक्रमित हुनेहरुमा ४३ जना महिला र ४७ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ६५ जना, थाहा नगरपालिकाका १८ जना, मनहरी गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाको ३ जना, भीमफेदी गाउँपालिकाको १ जना र बारा जिल्लाको १ जनामा कोरोना भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको