हेटौंडा अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु

लोकखबर
२०७८ जेष्ठ २, आईतवार १३:३०

मकवानपुर । मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा उपचारका क्रममा थप ४ जनाको मृत्यु भएको छ ।

थपिएका ४ जनासंगै हेटौंडा अस्पतालमा उपचार गर्दागर्दै ज्यान गुमाउनको संख्या १९ पुगेको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको मकवानपुरमा अहिले दैनिक जसो संक्रमितको उपचारका क्रममा ज्यान गइरहेको छ । कोरोनाबाट आज आइतबार विहान दुई जना र शनिबार हिजो बेलुका दुई जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

डा.काफ्लेका अनुसार मृत्यु हुनेमा तीन महिला र एक जना पुरुष रहेका छन् । मृत्यु हुनेमा सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । डा.काफ्लेका अनुसार हेटौंडा–१४ की ७४ र ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या भएपछि उनीहरु कोभिड अस्पतालमा भर्ना भइ आइसीयु कक्षमा उपचाररत थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको