मकवानपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, १ सय ७२ संक्रमित
मकवानपुर । मकवानपुरमा सोमबार (आज) थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुष रहेका छन् । आज दुई जनाको मृत्यु थपिएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।
यस्तै, मकवानपुरमा आज थप १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमित भएकामध्ये ४ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, मकवानपुरमा अहिले २ हजार २ सय २ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये होम आइसोलेसनमा २ हजार ९१ जना र संस्थागत आइसोलेसनमा १ सय ११ जना उपचार गराई रहेका छन् ।