कोरोनाबाट मकवानपुरका थप दुई जनाको मृत्यु

लोकखबर
४ जेष्ठ २०७८, मंगलवार २०:२५

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा उपचाररत मकवानपुरका दुई र जिल्ला बाहिरका अर्का एक जनाको मृत्यु भएको हो ।

मकवानपुरका दुई जनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय पुरुष र बकैया गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय रहेका छन् भने बारा जिल्लका ७५ वर्षीय पुरुष रहेको हेटौंडा अस्पताल, कोभिड उपचार कक्षले जनाएको छ ।

मकवानपुरमा आज मंगलबारसहित गरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगको छ ।

मकवानपुरका थप १९७ जनामा मंगलबार (आज) कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि हुनेमा बाह्र जना बालबालिका समेत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा जितपुर, निजगढ बाराका ६ जना र अन्य जिल्लाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज मंगलबार मकवानपुरमा ७७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणमुक्त हुनेसमेत गरी मकवानपुरमा अहिलेसम्म ४ हजार ५ सय २६ जनाले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसन बसेका ६७ र संस्थागत आइसोलेसन बसेका ७७ जनाले मंगलबार (आज) कोरोना जितेका हुन् । कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकाका ४३, कैलाश गाउँपालिकाका १८, मनहरी गाउँपालिकाका ७ जनाले कोरोना जितेका हुन् । यस्तै,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ३÷३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*