राष्ट्रियसभा उप निर्वाचन बागमती प्रदेशको राजधानी हेटौंडामा हुँदै
मकवानपुर । राष्ट्रियसभा सदस्य पदका लागि विहीबार (आज) बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा हुँदैछ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माविमा विहान ९ बजेदेखि दिउशो ३ बजेसम्म मतदान हुने हुनेछ ।
मतदानपछि विहीबार आजै साँझसम्म नतिजा आइसक्ने निर्वाचन आयोगको भनाई छ ।
बागमती प्रदेशका तर्फबाट रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि हुने चुनावमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका साझा खिमलाल देवकोटा, एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल र नेमकिपाबाट कृष्णबहादुर तामाङका बीचमा चुनाव हुदैछ ।
उम्मेद्वारी दिएका डा. देवकोटा आफू साझा उम्मेद्वार भएकाले आफूले नै जित्ने दाबी गरेका छन् भने बादलले एमालेको उम्मेद्वार भएकाले एमालेका सबै मतदाताको मत आफूले पाउँने बताउँछन् । नेमकिपाका उम्मेदवार तामाङको भने हारजीत भन्दा पनि आफ्नो पार्टीको पनि अधिकार भएकाले त्यसमा सहभागिता जनाइएको भनाई छ ।
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।
वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।
बागमती प्रदेशमा १०९ सदस्य रहेकोमा एमालेका ५६ जना, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना, जनता समाजवादी पार्टीका १ जना छन् ।
स्थानीय तहका २३८ मतदातामध्ये एमालेका १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रका ३३,राप्रपाको २,नेमकिपा २ र जसपाका १ जना रहेका छन् । मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६४० र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०३४ मत भार छ ।
कांग्रेस र माओवादी केन्द्र तथा जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ । विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन् । यसको मतभार १८९० हुन आउँछ । विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार रहेको छ ।
एमालेले पार्टीको आधिकारिक उम्मेदवार बादल भएको भन्दै भोट हाल्न ह्वीप नै जारी गरेको छ भने पार्टीका माधव नेपाल पक्षले भने भोट हाल्नका लागि आफ्नो विवेक प्रयोग गर्न भनेको छ ।