प्रधानमन्त्रीमा कसैको दाबी नपुगेको राष्ट्रपतिले ठहर गरेसंगै देश अब मध्यावधिमा

लोकखबर
८ जेष्ठ २०७८, शनिबार ००:४१

मकवानपुर । प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्यादेवी भन्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने बताएकी छिन् ।

राष्ट्रपतिले २१ घण्टाको समय दिएर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आव्हान गरेपछि शनिबार अपरान्ह प्रधानमन्त्री पदमा ओली र देउवाले दाबी पेश गरेका थिए ।

देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए भने ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई समर्थन गर्ने दाबी गरेका थिए ।

राष्ट्रपति भन्डारीले यी दुवैको दाबी अस्वीकार गरेसंगै देश अब संविधान बमोजिम मध्यावधिमा जाने भएको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचन हुने भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*