राष्ट्रपति भन्डारीद्वारा मध्यरातमा प्रतिनिधीसभा विघठन

लोकखबर
२०७८ जेष्ठ ८, शनिबार ०७:१४

मकवानपुर । राष्ट्रपति विद्यादेवी भन्डारीले फेरि प्रतिनिधीसभा विघठन गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति भन्डारीले सरकारको सिफारिस बमोजिम मध्य राती एक बजे आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् ।

यसअघि ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले शुक्रबार साँझ पाँच बजेसम्म दिएको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर सहित दाबी पेश गरेका थिए । तर राष्ट्रपतिले शुक्रबार राती साँढे १० बजेपछि दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुबै दाबी अस्वीकार गरेकी थिइन् ।

राष्ट्रपतिले ओली र देउवा दुबैले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेपछि प्रधानमन्त्रीमा अस्वीकार गरेको विज्ञप्ति जारी गरेसंगै बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मंसिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको