माधव नेपाल भन्छन्,‘चुनाव घोषणा प्रतिगमन भएकाले डटेर सामना गरौं ।’
मकवानपुर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संसद् विघठनको डटेर सामना गर्न आव्हान गरेका छन् । शनिबार विहान नेता नेपालले फेशबुकमा चुनाव घोषणा गर्नु प्रतिगमन भाग -२ भएकाले यसको डटेर सामना गर्न आव्हान गरेका हुन् ।
नेता नेपालले भनेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आव्हान गर्दछु ।’