बकैयामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, १७ जना उपचार गराउँदै
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
शुक्रबार थप एक जना वृद्दको मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको, कोभिड उपचार कक्षमा उपचाररत ८४ वर्षिय वृद्दको मृत्यु भएसंगै पालिकामा कोरोनाबाट ज्यान जानेको संख्या तीन पुगेको पालिकाका स्वास्थ्य प्रमुख फटिक रमण प्याकुरेलले जानकारी दिए । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ४ निवासी वृद्द हुन् ।
बकैयामा अहिले १७ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् भने ४० जना संक्रमणमुक्त भएका छन् ।
बकैयामा हालसम्म ६० जनामा कोरोना संक्रमण पुष्टि भएको पालिकाका स्वास्थ्य प्रमुख प्याकुरेलले जानकारी दिए ।