बादललाई भोट नहाल्नेलाई कारवाही गर्न कस्सिए मुख्यमन्त्री पौडेल

लोकखबर
८ जेष्ठ २०७८, शनिबार १०:३२

मकवानपुर । राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशका एमालेका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापा बादललाई भोट नहाल्नेलाई कारवाहीबारे निर्णय लिन शनिबार एमाले संसदीय दल बागमती प्रदेशको बैठक बस्ने भएको छ ।

बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको बैठक विहान ११ बजेपछि बस्ने तयारी छ ।
बैठकले पार्टी विरोधी लागेकालाई स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी गरेको जनाइएको छ ।

जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई भोट नहाल्ने एमालेका एक दर्जन प्रदेश सदस्यलाई कारवाही गर्नेबारे बैठकमा आवश्यक निर्णय हुने स्रोतको भनाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*