हेटौंडा अस्पतालमा चौबीस घण्टामा पाँच जना संक्रमितको मृत्यु

लोकखबर
२०७८ जेष्ठ ८, शनिबार ११:५३

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताल, कोभिड उपचार कक्षमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड उपचार कक्षका इन्चार्ज डा. सागर काफ्लेका अनुसार कोरोना संक्रमित भई उपचार गराई रहेकाहरुको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाभित्र थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसंगै हेटौंडा अस्पतालमा उपचारकै क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमणपछि उपचार गराई रहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की ६० बर्षकी महिलाको शनिबार विहान मृत्यु भएको छ ।

यस्तै,हेटौंडा उपमहानगरपालिका वडा नम्वर-४ का ५८ वर्षिय पुरुष, बकैया गाउँपालिका वडा नम्वर ११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका वडा नम्वर ९ का ६२ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ का ४८ वर्षीय पुरुषको मृत्यु भएको कोभिड इन्चार्ज डा. काफ्लेले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको