हेटौंडा ६ का वडाध्यक्षलाई स्थानीयको प्रश्न,‘यो सडक कि पोखरी ?’

सन्दिपकुमार सापकोटा
९ जेष्ठ २०७८, आईतवार ०९:३०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, चुच्चेखोला-चौघडा सडकमा पानी जमेका कारण सवारीसाधन तथा स्थानीयलाई असहजता भएको छ । कान्तिलोकपथ अन्तर्गतको सडकमा पानी जमेर पोखरी झैं हुँदा पनि सरकारको चासो नगएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

फोहोर पानीले बनेको आहाल तर्नु स्थानीयको दैनिकी बनिरहँदा पनि वडा अध्यक्ष लगायत जनप्रतिनधी कसैले उचित समाधानका लागि ध्यान नदिइएको गुनासो गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनहरु जोखिम मोलेर पानी जमेर पोखरी बनेको सडकमा गुड्न बाध्य बनिरहेका छन् ।

स्थानीयहरुले वडा कार्यालयलाई यसबारेमा जानकारी गराउँन बोलोउदा पनि वडा कार्यालयले चासो नदिएको भन्दै पानी जमेका खाल्डोमा परी कुनै अप्रिय घटना भएमा जिम्मा लिनुपर्ने चेतावनी दिएका छन् ।

उनीहरुले पानी पोखरी जम्ने र दुर्घटनाको जोखिम बढाइरहने अवस्थामा चुच्चेखोला चौघडाका प्लटिङलाई सरकारले सिफारिस कसरी दिईयो भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*