हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर
मकवानपुर । मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा संचालित कोभिड उपचार कक्षमा कोरोना संक्रमितको उपचारका लागि ५० थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।
मदन भन्डारी स्पोर्टस् एकेडेमी र जिल्ला खेलकुद विकास समितिले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सघाउ पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।